अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

चीनमा नयाँ भाईरस “हान्टा” देखियो, संक्रमणका कारण १ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत ११ गते २२:३४ मा प्रकाशित

चीनमा नयाँ भाईरस “हान्टा” को संक्रमण दखिएको छ । कोरोना भाईरसको संक्रमणले विश्व नै त्रसित बनिरहेको अवस्थामा यो नयाँ भाईरस देखा परेको हो । चीनको युनान प्रान्तमा देखिएको यो भाईरसका कारण मार्च २३ मा १ जनाको ज्यान गएको ग्लोवल टाईम्सले जनाएको छ ।

“हान्टा” भाइरस मुसाबाट मानिसमा सर्दछ । मुसाको मलमुत्र र र्याल छोएमा वा ती वस्तु मानिसको अनुहारमा लागेको यसको संक्रमण हुने बताईन्छ । यो भाइरस मान्छेवाट मान्छेमा भने सर्दैन । यसको संक्रमण भएको थाहा पाउन १ देखि ८ सातासम्म लाग्ने विज्ञहरुले बताएका छन् । हान्टाको संक्रमण भएपछि रुघा खोकी लाग्ने, वान्ता हुने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखा पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू