अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

नेपालमा ईतिहाँसमा पहिलो पटक हवाई सेवा ठप्प

बिआरटीनेपाल २०७६ चैत ११ गते २२:३२ मा प्रकाशित

नेपालमा वायुसेवा सुरु भएको ७० वर्षे इतिहासमा पहिलोपटक एक अन्तर्राष्ट्रियसहित देशभरका सबै ३४ विमानस्थल ठप्पै हुनेगरी हवाई यातायात सेवा रोकिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार ‘पिक सिजन’मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक साढे ४ सय र काठमाडौं उपत्यकाबाहिर ३४ वटा विमानस्थलमा डेढ सय हाराहारी उडान हुने गरेका थिए।

लकडाउनका कारण मंगलबार विमानस्थलमा चार्टर, रेस्क्यु लगायतका कुनै पनि उडान भएनन्। नेपालमा हवाई यातायात सेवा सञ्चालन भएयता हवाई सेवा ठप्प भएको यो सम्भवतः पहिलो पटक हो।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यसअघि विभिन्न विपत् तथा हवाई घटना र दुर्घटना हुँदा पनि उडान रोकिएको थिएन। हाल नेपालमा तीनवटा स्वदेशीसहित २९ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स र २१ वटा घरेलु – रोटर र फिक्सड विङ) एयरलायन्सले उडान भर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू