अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

साउदीमा अबको २१ दिनसम्म रात्रीकालीन कर्फ्यु, सतर्क रहन दूतावासको अनुरोध

बिआरटीनेपाल २०७६ चैत १० गते ९:०९ मा प्रकाशित

कोरोना भाइरसको जोखिम रोक्न साउदीले २१ दिनसम्म रात्रीकालिन कर्फ्यू लगाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र यसको रोकथामका लागि साउदीका राजा सलमान बिन अब्दुल अजिज आल साउदले सोमबार रातिदेखि नै लागू हुनेगरी रात्रीकालीन कर्फ्यु घोषणा गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कर्फ्यू साउदीको स्थानीय समय अनुसार बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म लाग्नेछ । अत्यावश्यक सेवा मात्र सञ्चालन हुनेगरी लगाएको कर्फ्युको पूर्णरुपमा पालना गर्न साउदीमा रहेका सबै नेपाली नागरिकलाई दूतावासले अनुरोध गरेको छ । साउदीमा हुने सबै नेपाली र नेपाली समुदायका संघसंस्थालाई साउदी सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि जारी गर्ने सुरक्षा सतर्कता पालना गर्न र सामाजिक सञ्चालमा अफवाह फैलाउने सामग्री शेयर नगर्न दूतावासको आग्रह छ ।

साउदीमा सोमबार दिउँसोसम्ममा ५११ जनामा कोरोनाको सङ्क्रमण भए पनि नेपाली श्रमिक सुरक्षित रहेका छन् । त्यसैले सुरक्षा सतर्कता अपनाइ कोरोनाको सङ्क्रमणबाट बच्न दूतावासले साउदीमा रहेका सबै नेपालीलाई भनेको छ ।

कर्फ्युको समयमा बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउनु पर्छ । अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू