अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

भारतमा रहेका नेपालीलाई सुरक्षित रहन दुतावासको आग्रह

बिआरटीनेपाल २०७६ चैत १० गते ८:३४ मा प्रकाशित

भारतमा रहेका नेपालीलाई आफुरहेकै स्थानमा सुरक्षित रहन भारतस्थित नेपाली दुतावासले आग्रह गरेको छ । नेपाली दुतावासले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणले जनजीवन त्रसित भएको समयमा भारतमा रहेका सम्पुर्ण नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतका विभिन्न राज्य सरकारले जारी गरेका विभिन्न निर्देशनको सम्मान तथा पुर्ण पालना गर्दै आफू र आफ्नो परिवार सुरक्षित रहन भारतमा रहेका नेपालीहरुलाई यस दुतावास आग्रह गर्दछ ।’

कोभिड– १९ को संक्रमणलाई फैलिन नदिन भारतका विभिन्न राज्यले लकडाउन जारी गरिसकेको, लामो दुरीका रेल तथा बस सेवा बन्द गरेको र आजको मितिदेखि नेपालले भारतीय नाका बन्द गरेकाले आवतजावत नगरी आफु बसेकै ठाउमा सुरक्षित रहन दुतावासले भनेको छ । साथै दुतावासले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि सम्पुर्ण नेपालीहरुलाई अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू