अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

बसन्त श्रेष्ठका दुई मुक्तक

बसन्त श्रेष्ठ २०७६ चैत ८ गते ११:३३ मा प्रकाशित


व्यस्त सहर अचानक सन्नाटामा बद्लियेपछी
जिन्दगी रहर नभएर कहरमा बद्लियेपछी
बाँच र बाँच्न देऊ सर्वव्यापी नारा बन्दो रहेछ
जब संसार अघोषित युद्ध भूमिमा बदलिये पछी !!!
______________________

म अचेल विश्राममा छु
म अचेल शून्यतामा छु
व्यस्त जीवन फुर्सदमा झरेपछि
म अचेल बिपश्यनामा छु !!!