अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

एउटा भिन्नै युद्ध

बसन्त श्रेष्ठ २०७७ असोज ३० गते १९:४६ मा प्रकाशित

मानबजातिले इतिहासमा थुप्रै युद्ध लडे
कहिले धनुष, भाला र तीरले लडे
कहिले खुकुरी, तरबार अनि बन्दुकले लडे
कहिले तोप, गोला र बारुदले लडे त
कहिले एटम बम, हाइड्रोजन र न्युक्लियेर बम ले लडे
यसरी मानबजातिले थुप्रै थुप्रै युद्ध लडे

तर आज मानबजातिले
एउटा भिन्नै युद्ध लडिरहेछ
आजको युद्धमा दुश्मन अदृश्य छ
विश्वको हरेक कुनामा युद्धको धावा बोलिरहेछ
कहाँ छ कसरी छ अनि कुन ठाउँमा छ देखिँदैन
तर दुश्मनले हजारौँ मानवलाई आक्रमण गरिरहेछ

कोरोना नामको यो अदृश्य दुश्मनको आक्रमण
कुनै सहरमा सीमित छैन
कुनै व्यक्तिमा सीमित छैन
कुनै समयमा सीमित छैन
तर आक्रमण निरन्तर जारी छ
त्यसरी नै मृत्यु पनि निरन्तर जारी छ

आज एक्काइसौँ शताब्दीमा
अदृश्य दुश्मनको विरुद्ध
सम्पूर्ण मानबजाती एकताबद्ध बनेर
एउटा भिन्नै युद्ध लडिरहेछ
आफैले आफैलाई बन्दि बनाएर
आफैले आफैलाई एकान्तबास राखेर
मानवजातिको नरसंहार विरुद्ध
एक अर्थपूर्ण युद्ध लडिरहेछ
बिना हातहतियारको
बिना एटम बम
बिना आवाजको
एकदम शान्त, संयमता अनि धैर्यताको
एउटा भिन्नै युद्ध लडिरहेछ

आज यस कोरोनासँग लड्न
कोही ध्यानमग्न छन्
कोही शान्तिको गीत गाईरहेछन
कोही चेतना बांडीरहेछन
आफै आफै सँग आफै आफैमा अनि आफै आफै भित्र
तर पनि
विश्व आज एक भएर
निरन्तर लडिरहेछ यो युद्ध
एउटा भीषण युद्ध
अदृश्य जीवाणु सँगको युद्ध
एउटा भिन्नै युद्ध

मानबजातिले मानबको रक्षा गर्न
यसरी नै थुप्रै थुप्रै युद्ध लडे
पहिलेको युद्धमा भन्दा फरक
आजको यस युद्धमा
तमाम अस्पताल युद्धस्थल बनिरहेछ
अनि सिर्फ सिर्फ अग्रपंक्तिमा
स्वास्थ्यकर्मी युद्ध लडिरहेछ
सम्पूर्ण मानबजातीको रक्षार्थ
एउटा भिन्नै युद्ध
अदृश्य दुश्मनको विरुद्ध ।।।।

मानवजातिले हारेको इतिहास कहीँ पनि छैन
न त् अब हुनेछ न त कहिले हुनेछ
तसर्थ जीत निश्चित छ ।
सिर्फ समयको प्रतीक्षामा !!!

त्यसैले युद्ध लडिरहेछ
एउटा भिन्नै युद्ध !!!

++++
भर्जिनिया, अमेरिका