अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

गीत

बसन्त श्रेष्ठ २०७६ मंसिर २० गते ७:४४ मा प्रकाशित

चुमेर फेरी किन छोड्यौ हात मेरो
दिएर बचन किन छोड्यौ साथ मेरो !

भन्थ्यौ आकाशको आभा हौ तिमी
भन्थ्यौ रातको जुन तारा हौ तिमी

फेरी आज किन यो जीवनको सन्नाटा
भन्थ्यौ पहाडको लालीगुराँस हौ तिमी

चुमेर फेरी किन छोड्यौ हात मेरो
दिएर बचन किन छोड्यौ साथ मेरो !!

सुन्थ्यौ हृदयको मेरो धड्कन तिमी
छुन्थ्यौ सुमसुम्याएर मेरो ओठ तिमी

फेरी अचानक परिवर्तन आयो कसरी
भन्थ्यौ बिताइदिन्छु जीवनभर साथ तिमी

चुमेर फेरी किन छोड्यौ हात मेरो
दिएर बचन किन छोड्यौ साथ मेरो !!