अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

‘कोरोना’बाट विश्वभर ८ हजार ९७० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत ६ गते ९:२४ मा प्रकाशित

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को संक्रमणका कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको बिहीवार सम्मको विवरणअनुसार संसारभरि दुई लाख १९ हजार ३५७ जना कोरोनाभाइरस संक्रमित भएका छन् ।

संक्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल संक्रमित रहेका जनाइएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू