अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

तामामा भन्दा स्टिल र प्लास्टिकमा धेरै बाँच्छ कोरोना भाइरस

बिआरटीनेपाल २०७६ चैत ५ गते २३:३७ मा प्रकाशित

काठमाडौँ, नयाँ कोरोना भाइरस हावामा वा सतहमा कति समय सम्म टिक्न सक्छ भन्ने विषयमा बेलायतमा गरिएको एक अध्ययनले स्टिल र प्लास्टिकको सतहमा यो तीन दिनसम्म जीवित रहन सक्ने पाइएको छ ।

न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । साथै सङ्क्रमित व्यक्तिले खोक्दा वा श्वास फेर्दा हावामा आउने साना पानीका कणमा भने तीन घण्टासम्म बाँच्न सक्ने पाइएको छ ।

अध्ययनले नयाँ कोरोना भाइरसको मानिसको शरीर बाहिर बाँच्न सक्ने क्षमता सार्स कोभ १ भाइरस जसले सन् २००२ मा सिभियर एक्युड सेरपिडरी सेन्ड्र«म (सार्स)को संक्रमण फैलाएको थियो सो सँग मिल्दो जुल्दो पाइएको सीएनएनले समाचारमा जनाएको छ ।

सो अध्ययनले नयाँ कोरोना भाइरस अन्य सतहहरूमा कति समय बाँच्न सक्छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको जनाएको छ । अध्ययनका क्रममा स्टिल र प्लास्टिकको सतहमा राख्दा ७२ घण्टा बाँचेको थियो भने तामाको सतहमा राख्दा जम्मा चार घण्टा र कार्ड बोर्डमा राख्दा २४ घण्टा बाँचेको थियो । गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू