अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

५ सय १० जनाको नमुना परिक्षण गर्दा एकजनामा पनि भेटिएन कोरोना

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:२१ मा प्रकाशित

कोरोना भाइरस (कोभिड १९) लाई लिएर नेपालमा चौतर्फी त्रास फैलिरहेको बेला हाल देशमा संक्रमण भने कसैमा पनि नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको भएपनि उनी निको भइसकेको र अहिले कसैमा पनि संक्रमण नरहेको स्पष्ट पारेको हो ।

मन्त्रालयका अनुसार हालसम्म संकास्पद पाँच सय १२ जनाको स्याम्पल टेस्ट भएकोमा पाँच सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सुरुमै चीनबाट आएका एक नेपालीमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनी निको भएपछि त्यसयता कसैमा पनि भाइरसको संक्रमण नदेखिएको मन्त्रालयको भनाइ छ । अहिले मौसम परिवर्तनको समय रहेकाले रुघाखोकीको बिरामी हुने हुँदा अहिले थप त्रास देखिएको छ ।

तर सरकारले पर्याप्त सावधानी अपनाइएको र नागरिक स्वयमलाई पनि सावधानी अपनाउन अपील गरेको छ । यसैबीच विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसबाट बुधबार अपरान्हसम्म दुइ लाखबढी संक्रमित भइसकेका छन् भने आठ हजार बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू