अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

भ्रष्टाचार प्रकरणबारे संसदलाई जानकारी दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका सांसदहरुले आज संसद बैठकमा बोल्दै भ्रष्टाचार प्रकरणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । उनीहरूले सेक्युरिटि प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामग्रीको सत्यतथ्य सदनलाई जानकारी गराउन पनि माग गरेका हुन् ।

काँग्रेस सांसद राजेन्द्र कुमार केसीले पूर्व सञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रकरण सहितका घटनामा सदनलाई जानकारी दिन केसीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा र बिजय मिश्रबीच ७० करोडको भ्रष्टाचार सम्बन्धी अडियो टेप सार्वजनिक भएको धेरै दिन भइसक्दा पनि सरकारले सदनलाई स्पष्ट जानकारी नदिएको बताउनुभयो ।

सांसद मिना बुढाले ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण लगायत अरबौं भ्रष्टाचार भइरहँदा प्रधानमन्त्री किन चुप बस्नुहुन्छ ? भनेर प्रश्न गर्नुभयो । सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू