अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

सरकारले मनपरि ढंगले काम गरेको सभापति देउवाको आरोप

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:२३ मा प्रकाशित

काँग्रेस सभापति शेरबहादुर देउवाले नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गर्न थालेको आरोप लगाउनुभएको छ । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा सभापति देउवाले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाउनुभयो ।

सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्न कसैलाई छोड्न नहुने बताउनुभयो । उहाँले यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने पनि बताउनुभयो । अडियो टेप प्रकरणमा नेपाली काँग्रेसले पनि खोजी गर्ने सभापति देउवाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू