अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

सुनको मूल्यमा नयाँ रेकर्ड, इतिहासकै महँगो

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:११ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य इतिहासकै महँगो भएको हो । बुधबार सुन तोलाको ७७ हजार १ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य इतिहासमै सर्वा्धिक हो । मंगलबार बजारमा सुन तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७६ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदीमा पनि तोलामा १५ रुपैयाँ बढेर ९०५ कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू