अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

राम बहादुर बमजन सिन्धुली आश्रमबाट फरार, चार गुरू नियन्त्रणमा

बिआरटीनेपाल २०७६ माघ २४ गते ६:४५ मा प्रकाशित

अदालतले पक्राउ गर्न अनुमती दिएको तपस्वी राम बहादुर वम्जन सिन्धुली आश्रममा फेला नपरेको सिन्धुली प्रहरीले जनाएको छ । कमलामाई नगरपालिका ८ पैरेमा रहेको बम्जनको आश्रम स्थलमा आज खोजतलास गर्दा फेला पार्न नसकिएको सिन्धुली प्रहरीले जनाएको हो । जिल्ला अदालत सर्लाहीले बम्जनलाई पक्राउ गर्न प्रहरीलाई हिजो अनुमति दिएपछि आज प्रहरीले उनको आश्रममा पुगेर खोजतलास गरेको थियो ।

अनुयायी र आनी वेपत्ता पारेको, आश्रमका आनीहरूमाथि यौन दुर्व्यवहार गरेको लगाएतका आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि अदालतले पक्राउ गर्न आदेश दिएको थियो । वम्जनलाई प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजे पनि नभेटाएको सिन्धुलीका प्रहरी उपरिक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । आश्रमस्थित उनी बस्ने मूलघरमा ताला लागेको जनाइएको छ ।

केन्द्रिय प्रहरी अनुसन्धान ब्युरो काठमाण्डौ सहित प्रहरीको टोलीले वम्जनलाई फेला पार्न नसकेपछि मकवानपुर निवासी धर्मगुरु तोप्चन भन्ने ज्ञानबहादुर बम्जनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया