अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

टर्कीमा यात्रुबाहक विमान दुर्घटना, ३ को मृत्यु, १ सय ७९ घाइते

बिआरटीनेपाल २०७६ माघ २३ गते ६:३९ मा प्रकाशित

टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर ३ टुक्रा भएको छ । घटनामा ३जनाको मृत्यु हुनुका साथै १ सय ७९ जना घाइते भएका छन् । द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए । देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो । घटनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो । टर्कीका संचारमाध्यमका अनुसार विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक हुन् भने जसमा २० जना विदेशी नागरिक रहेका छन् । विमान धावनमार्गबाहिर करिब ३०–४० मिटरसम्म चिप्लिएको थियो ।

यस एयरलाइन्सका जहाज यसअघि पनि धावनमार्गमा चिप्लिने गरेका घटना छन् । यसै वर्षको जनवरीमा यही कम्पनीको जहाज चिप्लिएको थियो भने गत वर्ष पनि जहाज चिप्लियर झण्डे समुन्द्रमा घसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू