अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

कोरोना भाइरसको औषधी फेला पारेको थाई चिकित्सकको दावी

बिआरटीनेपाल २०७६ माघ २० गते १:२५ मा प्रकाशित

थाईल्याण्डका चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट संक्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन् । तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्ध औषधीलाई मिसाएर खान दिदाँ बिरामीलाई सन्चो भएको जानकारी दिएका हुन् ।

बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा.क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए । डा.क्रियाङसकका अनुसार ती किरामी महिलालाई एचआईभीको उपचारमा प्रयोग हुने औषधी र फ्लू हुदाँ खाइने औषधिको मिश्रण दिइएको थियो ।

‘म अत्यन्त जटिल अवस्थामा रहेकी बिरामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ । ४८ घण्टाभित्रै बिरामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र परीक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट नेगेटिभमा फेरिएको छ ,’ डा. क्रियाङसकले भनेका छन् ।

अस्पताल प्रशासनले यो खबर सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन नै आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको बिरामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए । उता, बेइजिङका अस्पतालहरुले केही बिरामीलाई एचआईभी उपचारमा प्रयोग हुने औषधी दिएर निगरानी गरिरहेको थिए । तर यसले परिणाम बाहिर आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू