अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

कोरोना भाइरसको प्रकोप, विश्वव्यापी संकटकाल घोषणा

बिआरटीनेपाल २०७६ माघ १८ गते ६:१७ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापी संकटकाल घोषणा गरेको छ । चीनपछि १८ देशमा कोरोना भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो ।

चीनमा मात्रै शनिवारसम्म कोरोना भाइरसबाट २ सय ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कमजोर मुलुकमा यो संक्रमण अझै फैलिनसक्ने सम्भावना रहेको छ । बिश्व स्वास्थ्य संगठनले यसको नियन्त्रणमा उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । छोटो अवधिमै कोरोना भाइरसको संक्रमण ९ हजार मानिसमा फैलिसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन । यो भाइरसको संक्रमणमा परेको भन्दै एक लाख २ हजार मानिस प्रत्यक्ष स्वास्थ्य निगरानीमा छन् ।

जुन घटनालाई स्वास्थ्यकर्मीले विश्वव्यापी संकटको रुपमा लिएका छन् । यद्यपि यसको रोकथामका लागि चीनले अनेक उपाय गर्दैआएको छ । खोप निर्माणका लागि स्वास्थ्यकर्मी रातदिन जुटेका छन् भने नयाँ अस्पताल हरु निर्माण भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू