अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७६ माघ १२ गते ९:४१ मा प्रकाशित

अरोरा हिमालय लायन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा जनवरी २५, २०२० शनिवारको दिन कोलोराडोको डेनभर सहर स्थित बोनफिल्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोनफिल्ड बल्ड सेन्टर डेनभरमा सम्पन्न रक्तदानमा जम्मा २१ जना महानुभावहरूले सहभागिता जनाए पनि १४ जनाले रक्तदान गरेका थिए भने अन्य ७ जनाले विविध कारणले रक्तदान दिन पाएनन् ।

उत्सुक (किरण) अधिकारी, गीता अधिकारी, श्रीराम लुइटेल, किसम थापा, सुधा भण्डारी, कुमारजङ कार्की, पदम विश्वकर्मा, शरद धिताल, लीला कार्की, सिलसिला कार्की, परिवेश शर्मा, सुरज भण्डारी, कार्लोस जाम्ब्रानो र दीपक सुनुवार रक्तदान गरेका थिए । नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमाडौँ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकोले ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको ब्लड सेन्टरले बिआरटी नेपाललाई जानकारी दिएको छ ।

अर्को पटकको रक्तदान नेपाली नयाँ वर्षको समय पारेर अप्रिलको दोस्रो हप्तामा गरिने भएको छ । स्मरण रहोस् ब्लड डोनर्स अफ अमेरिका र सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसको तेस्रो संयुक्त सम्मेलन डेनभरमा आउँदो जुलाईको १७ देखि १९ सम्म हुने भएको छ ।

प्रतिक्रिया