अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

सभामुखका लागि माघ १२ गते निर्वाचन हुने

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२२ मा प्रकाशित

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । आज दिउँसो एक बजे बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने घोषणा गरेपछि ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरको अध्यक्षतामा दोस्रो बैठक चार बजे बसेको थियो ।

उक्त बैठकमा ठाकुरले शिवमायाले दिएको राजिनामा पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि उहाँले महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिँदै अर्को बैठक माघ १२ गते दिउँसो तीन बजेका लागि बोलाउनुभएको छ ।

त्यही दिन सभामुखको निर्वाचन हुनेछ । नेकपाले सभामुखका लागि अग्नी सापकोटालाई अगाडि सार्ने निर्णय गरीसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू