अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

बिआरटीनेपाल २०७६ माघ ५ गते ६:५६ मा प्रकाशित

प्रतिनिधिसभाको उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुहुने भएको छ । उपसभामुख तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि राजीनामा दिने तयारी गर्नुभएको हो । उपसभामुख तुम्बाहाङ्फेले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग त्यस विषयमा आइतबार छलफल गर्नुभएको छ । छलफलका लागि उपसभामुख तुम्बाहाङ्फे आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । अध्यक्षद्वय ओली तथा दाहाल र उहाँबीच प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्नेबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तोकेपछि मात्र राजीनामा दिने अडान लिँदै आउनु भएको छ । नेकपाले सभामुखको उम्मेदवार आइतबर साँझसम्म तोक्दैछ । त्यसको लागि सचिवालय बैठक शुरु हुन लागेको छ । बैठकले आज उम्मेदबार तोके उपसभामुख तुम्बाहाङ्फेले सोमबार राजीनामा दिने स्रोतको भनाई छ ।

उपसभामुख तुम्बाहाङ्फेले सामाुपातिक सांसद हुनुहुन्छ । सभामुख र उपसभामुखमा एमाले र माओवादी केन्द्रबीच भागवण्डा हुँदा उहाँ एमालेको कोटाबाट उपसभाामुख हुनुभएको थियो ।सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयास’ अभियोगमा बर्हिगमनमा परेपछि तुम्बाहाङ्फे पनि उपसभामुख गुमाउने अवस्था आएको हो ।

संविधानमा सभामुख र उपसभामुख फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान छ । नेकपाले सभामुख आफूले लिएर उपसभामुख अन्य दललाई दिने योजना बनाएपछि तुम्बाहाङफेले उपसभामुख छोड्नै पर्ने भएको हो । नेकपाले उपसभामुखमा कसलाई समर्थन गर्ने ? भन्ने निर्णय भने भइसकेको छैन । सभामुख चयनपछि उपसभामुखको प्रकिया शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू