अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

इरानद्वारा इस्लामिक क्रान्तिकारी गार्ड कोरको बचाउ

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०१ मा प्रकाशित

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खमानेइले इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरसीजी)को वचाउ गर्नुभएको छ । युक्रेनको बोइङ विमान दुर्घटनामा आईआरसीजीको संलग्नता रहेको भन्दै सर्वत्र विरोध भइरहेका बेला नेता खमानेइले बचाउ गर्नुभएको हो । गत हप्ता इरानले युक्रेनको विमानमा रकेट प्रहार गरेर दुर्घटना गराउँदा चालक दलका सदस्यसहित एक सय ६७ जनाको मृत्यु भएको थियो ।

देशवासीलाई सम्बोधन गर्दै नेता खमानेइले अमेरिकाले हवाइ कारवाहीका क्रममा आफ्ना सैन्य कमाण्डर कासेम सोलेमानीको हत्या गरपछि उत्पन्न परिस्थितका कारण उक्त घटना हुन गएकोसमेत उल्लेख गर्नुभयो । अमेरिकी हवाइ कारवाहीका क्रममा सोलेमानी मारिएपछि इरानले जवाफी कारवाही भन्दै इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको थियो । सोही क्रममा युक्रेनको विमान उडान गरेलगत्तै आईआरसीजीले दुर्घटना गराएको थियो ।

घटना लगत्तै इरानले गल्ती भएको स्वीकार गरेपनि सर्वसाधारणले अमेरिकालाई जवाफ दिने क्रममा भएको घटनामा माफी माग्न नहुने भन्दै आन्दोलन गरेका थिए । त्यसलगत्तै इरानविरुद्ध सर्वत्र आलोचना भएको थियो । इरानले विमान दुर्घटना गराउन संलग्न रहेकाहरुलाई पक्राउ गरेको समेत जनाएको थियो । सर्वसाधारणले सरकारको विरोधमा प्रदर्शनसमेत गरेका थिए ।

विमान दुर्घटनामा मृत्यु भएका यात्रुका आफलन्तले शोक मनाइरहेका बेला खमानेइले आफ्नो सेनाको बचाउ गरेको भन्दै इराको उक्त कदमको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू