अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

डेनभरमा ब्लड डोनर्स अफ अमेरिका र सोसाईटी अफ अमेरिकन नेपलिज नर्सेसको तेश्रो संयुक्त सम्मेलन हुने

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:२७ मा प्रकाशित

ब्लड डोनर्स अफ अमेरिका र सोसाईटी अफ अमेरिकन नेपलिज नर्सेसको तेश्रो संयुक्त सम्मेलन डेनभरमा हुने भएको छ । आयोजकले एक पे्रश बिज्ञप्ति प्रकाशित गरी आउँदो जुलाईको १७ देखि १९ सम्म सम्मेलन हुने जानकारी गराएको हो । यी दुई संस्थाले यसअघि २०१६ मे मा डल्लासमा पहिलो संयुक्त सम्मेलन गरेका थिए ।

ब्लड डोनर्स अफ अमेरिकाको स्थापना सन् २००९ मा भएको थियो । संस्थाले अहिलेसम्म अमेरिका भर ९ हजार पिन्ट रगत संकलन गरेको छ भने रक्तदानका लागि मानिसहरुलाई अभिप्ररित गर्दै आईरहेको छ । सोसाईटी अफ अमेरिकन नेपलिज नर्सेस २०११ मा स्थापना भएको संस्था हो जसका २ सय ७६ आजिवन सदस्य छन् भने अमेरिकामा २७ वटा शाखा संचालित छन् । दुवै संस्थाले स्थापना कालदेखि रक्तदान, स्वास्थ्यसम्बन्धि जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य तालिम लगायतका कार्यक्रम संचालन गर्दै आएका छन् ।

प्रकाशित बिज्ञप्तिमा अमेरिका र वाहिर रहेका नेपालीहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ । सम्मेलनमा रक्तदान, स्वास्थ्य शिविर, विविध सांस्कृतिक कार्यक्रम सहित खाना परिकार आकर्षणको रुपमा रहनेछन् । सम्मेलनमा कोलोराडो राज्यका गभर्नर, डेनभर प्रमुख, सिनेटर लगायत सरोकारवालाहरुलाई सहभागिताका लागि आयोजकले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू