अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

गतिरोध अन्त्य गर्ने विषयमा नेकपाका दुई अध्यक्षबीच सहमति

बिआरटीनेपाल २०७६ माघ २ गते ७:१९ मा प्रकाशित

सभामुखको उम्मेदवार छान्ने बारेमा सकस भइरहेको बेला नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज मध्यान्ह उहाँहरूबीच कुराकानी भएको हो ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच सभामुखको उम्मेदवारका विषयमा जारी गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सभामुखको उम्मेदवारका दुई अध्यक्षका आ–आफ्नै अडान हुँदा संसदको बैठक ३ पटक सूचना टाँसेर सारिएको छ ।

सभामुख चयनका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने नेकपाको सचिवालय निर्णय भए पनि तुम्बाहाङ्फेले अस्वीकार गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू