अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

रुसी राष्ट्रपति पुटिनद्धारा संविधानमा व्यापक परिवर्तनको प्रस्ताव, प्रधानमन्त्री मेदभेदेवको राजीनामा

बिआरटीनेपाल २०७६ माघ १ गते २१:५५ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको संविधानमा व्यापक फेरबदल गर्ने प्रस्ताव गरेको केही घण्टापछि प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएसँगै उहाँको नेतृत्वमा रहेको सरकार विघटन भएको छ । राष्ट्रपति पुटिनले गरेको प्रस्ताव पारित भएमा सत्ता सन्तुलनमा महत्वपूर्ण परिवर्तन हुने छ । शक्ति राष्ट्रपतिबाट संसदमा जाने बताईएको छ ।

राजीनामा दिएका मेदभेदेवले भन्नुभएको छ , ‘प्रस्तावित परिवर्तन लागु भएमा संविधानका सबै धारा फेरिने छन् तर सत्ता सन्तुलन तथा शक्तिको स्वामित्वमा पनि परिवर्तन आउने छ । कार्यकारी शक्ति, संसदीय शक्ति, न्यायपालिकाको शक्ति सबैमा परिवर्तन हुनेछ । यहि कारण हालको सरकारले राजीनामा दिएको हो ।’

राष्ट्रपति पुटिनको प्रस्तावमाथि सर्वासाधारणले आफ्नो मत दिने छन् । सर्वसाधारणले प्रस्ताव पारित गरेमा सत्ताको शक्ति राष्ट्रपतिबाट संसदमा जाने छ । पुटिनले प्रधानमन्त्रीबाट राजीनामा दिएका मेदभेदेवलाई राष्ट्रिय सुरक्षा परिषदको उपाध्यक्ष बनाउने बताउनुभएको छ । पुटिनले मेदभेदेवलाई प्रधानमन्त्रीबाट किन हटाउनुभएको हो भन्नेवारे स्पष्ट भएको छैन । तर उहाँ आफू लामो समय रुसको शक्तिमा रहनका लागि यस्तो गरेको विश्लेषण गरिन्छ ।

पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिँदै छ । त्यसपछि पनि पुटिन आफ्नो कार्यकाल लम्ब्याउन वा कुनै न कुनै रुपमा रुसको सत्ता केन्द्रमा आफू रहन चाहनुहुन्छ । हाल कायम रहेको संवैधानिक व्यवस्था अनुसार पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति बन्न पाउनुहुने छैन । त्यसले उहाँले संवैधानिक फेरबदलको प्रस्ताव ल्याउनुभएको हो ।

संसदलाई वार्षिक रुपमा गर्ने सम्बोधनको क्रममा पुटिनले यो प्रस्ताव ल्याउनुभएको हो । त्यस क्रममा पुटिनले अब राष्ट्रपतिको कार्यकाल दुईपटकमा सीमित गर्ने बताउनुभएको छ । पुटिनले स्टेट काउन्सिलको शक्ति बढाउने प्रस्ताव समेत गर्नुभएको छ जसको यसको अध्यक्षता राष्ट्रपति पुटिनले नै गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू