अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

सकिन पानीलाई

रन्जु मार्ग २०७६ माघ १ गते ९:३१ मा प्रकाशित

गीत :

सकिन पानीलाई बाक्लो बनाउन
सकिन जानेलाई आफ्नो बनाउन ।

देखाऊँ कसरी मन जलेको
आगो झैँ दन्दनी मुटु बलेको
सकिन काँडालाई फूल बनाउन
सकिन टाढालाई नजिक बनाउन ।

बताऊँ कसरी मायाको अर्थ
झरना झैँ चोखो कञ्चन पवित्र
सकिन छाती चिरेर देखाउन
सकिन धर्ती फोरेर मेटिन ।