अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

मैले पाउनुपर्ने नोबल शान्ति पुरस्कार अरुलाई नै दिइयो– राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:१६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले पाउनुपर्ने गत वर्षको नोबल शान्ति पुरस्कार अरुलाई नै दिईएको गुनासो गर्नुभएको छ । शान्ति पुरस्कारका लागि आफ्नो दाबेदारी रहेपनि बेवास्ता गरिएको आरोप लगाउँदै ट्रम्पले जसले आफ्नो देश बचाउन लागिपर्छ त्यस्तो देशको राष्ट्रप्रमुखलाई नोबेल शान्ति पुरस्कार दिइनेमा त्यसो नगरिएको टिप्पणी गर्नुभयो ।

ओहायोको टोलेडमा समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफुले निकै ठूलो युद्ध हुन नदिएको, तर आफूले पुरस्कार नपाउनुको कारणबारे केही भन्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले सो अवसरमा अघिल्लो वर्ष नोबेल पुरस्कार पाउने इथियोपियाका राष्ट्रपति अबि अहमदको नाम समेत लिन चाहनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू