अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

अमेरिका–इरान तनावले’ सुनको मूल्यमा तीव्र वृद्धि, नेपालमा अहिलेसम्मकै महँगो

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:२० मा प्रकाशित

नेपालमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । बुधबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मुल्य एकै दिन १ हजार रुपैयाले वृद्धि भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलाको ७५ हजार ५०० रुपैयाँ थियो ।

सुनको मुल्य एक सातामा ३००० रुपैयाले बढेको हो । गत हप्ता बुधबार र बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ७३ हजार ५०० रुपैयाँ थियो ।

बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ९२० मा कारोबार भएको महासंघले जनाएको छ । अमेरिका र इरानबीचको तनावका कारण सुनको भाउमा तीव्र वृद्धि भइरहेको जनाइएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको मूल्यवृद्धिमा केही सहयोग पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू