अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

अमेरिकामा नेपालको टिपिएस् थप

बिआरटीनेपाल २०७६ पुष २१ गते १२:०७ मा प्रकाशित

न्यु योर्क । अमेरिकाले नेपाल सहित ६ वटा देशको (टेम्पोरेरी प्रोटेक्टेड स्टाटस) टिपिएस् थप गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएसएस) ले ४ जनवरी २०२० मा एक वर्षका लागि टिपिएस् थप गरेको हो । टिपिएस् थप गरिएका देशमा नेपालसहित एल साल्भाडोर, हाइटी, निकारागुवा, सुडान र हन्डुरस छन् । नेपाल र होन्डुरसको टिपिएस् ४ जनवरी र अन्य ४ देशको टिपिएस् २ जनवरीमा सकिएको थियो । सबै देशको टिपिएस् ४ जनवरी २०२१ सम्म कायम रहने छ ।

प्राकृतिक प्रकोपका कारण यी ६ देशका नागरिकले टिपिएस् अन्तर्गत अमेरिकामा वैधानिक रूपमा बस्न र काम गर्न पाइरहेका थिए । यी देशका करिब ३ लाख २५ हजार नागरिकले अमेरिकामा टिपिएस् सुविधा पाइरहेका छन् । टिपिएस् अन्तर्गत एल साल्भाडोरका १ लाख ९५ हजार, होन्डुरसका ५७ हजार, हाइटीका ५० हजार मानिस अमेरिकामा छन् । टिपिएस् अन्तर्गत नेपालका करिब ९ हजार मानिस अमेरिकामा बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू