अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

मध्यपूर्वमा थप सैनिक पठाउने अमेरिकाको तयारी

बिआरटीनेपाल २०७६ पुष १७ गते ८:३४ मा प्रकाशित

अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै थप सैनिक पठाउने तयारी गरेको रक्षा अधिकारीहरूले बताएका छन् । इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले मङ्गलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए ।

यसैलाई कारण देखाउँदै संयुक्त राज्य अमेरिकालाई थप सैनिकहरू पठाउन प्रेरित गरेको छ । रक्षा सचिव मार्क एस्पेरले करीव ७५० अमेरिकी सिपाहीहरू यस क्षेत्रमा तुरुन्तै तैनाथ हुने र आकस्मिक रक्षा बल (आईआरएफ) बाट थप सेनाहरू आगामी केही दिनमा तैनाथ गर्न तयार रहेको बताउनुभयो ।

हशद शाबी समूहका लडाकूको नेतृत्वमा धेरै प्रदर्शनकारीहरूले दूतावास बाहिर अमेरिकाको हवाई हमलाको निन्दा गर्दै मङ्गलबार नारा लगाएका थिए । त्यसपछि विरोध प्रदर्शन हिंसात्मक भयो जब प्रदर्शनकारीहरूले गार्ड टावर र दूतावासको बाहिरी ढोका जलाएका थिए । यसैबीच इराकस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु त्यहाँबाट हटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू