अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 14:36

नयाँ वर्षको शुभारम्भ सँगै मिजोरीको सेन्ट लुइसमा ५ जनाको हत्या

बिआरटीनेपाल २०७६ पुष १६ गते २०:५५ मा प्रकाशित

अमेरिकाको मिजोरीको सेन्ट लुइस सहरमा नयाँ वर्षको शुभारम्भ सँगै मिजोरीको सेन्ट लुइसमा ५ जनाको हत्या भएको  समाचार छ । उक्त सहरमा एक घटनामा ३ जनाको हत्या गरिएको छ भने मध्य रात पछि उक्त घटनाको लागी प्रहरीलाई खबर गरिएको थियो । यसै गरी चौथो मानिसलाई खुट्टामा गोली प्रहार गरेकोले उनी बाच्न सफल भएका छन् । प्रहरीले अहिले सम्म पूर्ण विवरण निकालेको छैन । ३ बजे भन्दा अगाडी बिहानै अर्को ठाउँबाट गोली द्वारा हत्या भएको खबर प्रहरीले पाएको थियो भने अर्को व्यक्तिलाई भने अस्पतालमा भर्ना गरिएको छ ।

यसै गरी सहरको उत्तर तर्फ ११ बजे बिहान अर्को मानिसलाई गोली प्रहार गरिएको थियो भने उनी अचेत अवस्था र श्वास फेरेका थिएनन् । उनलाई अस्पताल भर्ना गरिएको र अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । सन् २०१९ मा सेन्ट लुइसमा १ सय १९ जनाको हत्या भएको छ सन् २०१८ मा १ सय ८६ जनाको हत्या भएको थियो । गत वर्ष २०१९ मा घाइते मध्ये ११ जना बालबालिका रहेका थिए ।

समाचार श्रोत : एपी फोटो: फक्स २

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू