अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका लागि सकारात्मक र आक्रामक कारवाही गर्न नेता कोरियाली किमको निर्देशन

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:१९ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ उनले देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका लागि सकारात्मक र आक्रामक कारवाही गर्न निर्देशन दिनुभएको छ । राजधानी प्योङयाङमा आफ्ना नेताहरुलाई सम्बोधन गर्दै किमले आक्रामक कारवाहीका बारेमा भने स्पष्ट रुपमा नखुलाएको कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिसाइल परीक्षण र आणविक नीतिका विषयमा अमेरिकासँगको सम्बन्ध चिसिँदै गएका बेला नेता किमको यस्तो अभिव्यक्ति आएको हो । हिजो मात्र अमेरिकाले उत्तर कोरियाले लामो दूरीमा मार हान्न सक्ने नयाँ मिसाइल परीक्षण गरेर आफूलाई निसाना बनाएको आरोप लगाएको समाचार सार्वजनिक भएको थियो ।

किमको भनाइ अघि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले उत्तर कोरियालाई जवाफ दिन अमेरिकासँग पर्याप्त श्रोत साधन रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू