अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

भारतको दिल्लीमा आगलागीमा परी ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:२२ मा प्रकाशित

भारतको नयाँ दिल्लीमा आज बिहान भएको आगलागीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ४ महिला र ३ तीन बालबालिका रहेका छन् । आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो ।

दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेको जानकारी दिनुभयो । घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिएको थियो । ती मध्ये एक जनाको शरीर १५ प्रतिशत जति जलेर घाइते भएको छ । अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कुमारले जानकारी दिनुभयो । यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो । सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू