अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:१५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ । आज धुम्बाराही स्थित पार्टी कार्यालयमा बसेको बैठक अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो ।

बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पारित भएको छ । बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ भने पार्टी एकताका काम १५ दिनभित्र सक्ने निर्णय गरेको छ ।

त्यस्तै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन इन्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नभएको ठहर भएमा त्यसलाई स्वीकार गर्ने निर्णय समेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू