अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

चिनियाँ कैदबन्दीको अवस्था निकै दयनीय

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २३:५६ मा प्रकाशित

चीनमा गरिएको एक अनअफिसियल सर्भेले चीनका बन्दीगृहहरुमा कैदीबन्दीहरुको अवस्था निकै दयनीय भएको जनाएको छ । बन्दीहरुलाई उनीहरको कैद सजाय भुक्तानका क्रममा दुर्व्यवहार गर्ने र जेलरहरुले कुटपिट गर्ने गरेको उक्त सर्भेले जनाएको छ ।

गोन्जाउस्थित एकजना वकिल ह्वाङ शाले चीनभर रहेका करिब एक सय वकिलहरुलाई प्रश्नावली पठाउँदै ती वकिलका क्लाइन्टहरुले बयानका क्रममा कैदीको अवस्था र त्यहाँको व्यवहारबारे सोधेका थिए । जुलाईदेखि नोभेम्बरसम्म गरिएको उक्त सर्भेमा तिब्बत, सीङज्याङ, गाङ्सु, निङ्सिया, जिलिन र तियाजिनबाहेक देशभर रहेका विभिन्न प्रान्त, क्षत्रका ३० भन्दा बढी वकिलहरुले उक्त प्रश्नावलीको जवाफ पठाएका छन् ।
“मैले थाहा पाएसम्म चिनियाँ कैदीबन्दीको अवस्थाका बारेमा ’सिस्टमेटिक’ रुपमा गरिएको सम्भवतस् यो पहिलो सर्भे हो, ह्वाङले भनेका छन् । यसअघि बन्दीगृहका बारेमा केही सीमित सूचनाहरुमात्रै सार्वजनिक भएको उनले बताए । यो सर्भेले बन्दी गृहको बारेमा जनतालाई स्पष्ट जानकारी दिने उनले दाबी गरे ।

ह्वाङले भनेका छन्, “यस सर्भेले चिनियाँ कैदीबन्दीहरुलाई गरिने दुर्व्यवहार रोक्न र हिरासतमा हुने मनोमानी रोक्न मद्दत गर्नेछ ।“ सर्भेका अनुसार ९० प्रतिशत कैदीबन्दीहरुको सुत्ने ठाउँ निकै सकसपूर्ण रहेको छ । एकजना कैदीबन्दीले आफ्ना वकिललाई बताए अनुसार उनीसहित छजना कैदीबन्दीहरु काँधमा काँध राखेर भूइँमा सुत्ने गरेको बताएका थिए ।

प्रहरी निर्दे्शिकामा कैदीबन्दीले दैनिक दुईघण्टा कोठाबाहिर निस्किन पाउनुपर्ने उल्लेख छ । तर, सर्भेअनुसार दुईघण्टा बाह्य गतिविधि गर्न नपाएको र १८ प्रतिशत कैदीबन्दीहरु बन्दीगृहबाट बाहिर निस्किने नपाएको जनाइएको छ । सर्भेअनुसार बन्दीहरुलाई खाना नदिने, गार्डले कुटपिट गर्ने र औषधोउपचार समेत नदिने गरेको पाइएको छ ।

उनले बिहीबार सार्वजनिक गरेको यो सर्भे रिपोर्ट सरकारलाई पठाउने र कैदीबन्दीको अवस्था सुधारमा पहल गर्न आग्रह गर्ने बताएका छन् । उनी भन्छन्, “अधिकारीहरुले पक्कै पनि मलाई यो सर्भेका बारेमा नकारत्मक टिप्पणी गरी दबाउन खोज्नेछन् । तर, कैदीबन्दीको अवस्था सुधारका लागि मेरो प्रयास जारी राख्नेछु ।“

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू