अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

नेपालकी अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

बिआरटीनेपाल २०७६ मंसिर २७ गते १:४७ मा प्रकाशित

मिस नेपाल -२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जित्नुभएको छ । बिहीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गर्नुभयो । अवार्डले आफुलाई थप आत्मविश्वास दिलाएको श्रेष्ठले बताउनुभयो ।

यसअघि अनुष्का हेड टु हेड च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल हुनुभएको थियो । अनुष्का ‘ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि पर्नुभएको थियो ।६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनाले यही शनिबार लन्डन एक्सेलमा हुनेछ। विश्व सुन्दरीको ताजका लागि १२५ देशका सुन्दरीबिच प्रतिष्पर्धा भइरहेको छ ।

नेपालकी अनुष्काले प्रतियोगिताको ताज जित्ने आत्मविश्वास व्यक्त गर्नुभएको छ । आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने उहाँको प्रण छ। विश्व सुन्दरीहरुका प्रतिष्पर्धीहरू यतिखेर बन्द प्रशिक्षणमा रहेर विभिन्न विधामा प्रतिष्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू