अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

भ्रमण वर्ष २०२० मा उत्कृष्ट काम गर्ने व्यवसायीलाई सरकारले सम्मान गर्ने

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ६:०० मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीहरूलाई नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रूपमा मनाउन अपिल गर्नुभएको छ । नेपाल भ्रमण वर्ष–२०२०को सचिवालयले पर्यटन व्यवसायीहरूसँग भ्रमण वर्ष–२०२० को विषयमा आयोजना गरेको छलफलमा मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरूलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रा गर्न आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरुलाई आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थानहरूमा नेपाल भ्रमण वर्ष–२०२०को प्रचार सामग्री राख्न आग्रह गर्नुभयो । नेपाल भ्रमण वर्ष–२०२० को विषयमा उत्कृष्ट काम गर्ने व्यवसायीहरूलाई सरकारले सम्मानित गर्ने उहाको भनाई थियो । मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको भन्दै १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने सरकारको लक्ष्यमा व्यवसायीहरूको सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले भ्रमण वर्षको तयारीको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा एक दर्जन बढी व्यवसायी तथा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संगठनका अगुवाहरूले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सक्रिय हुने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू