अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:२३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।

प्रधानमन्त्रीलाई अपरान्ह अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार प्रधानमन्त्री निवासमै आराम गर्ने बताईएको छ । ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उहाँले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पताल स्रोतले बताएको छ ।

ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्नुभएको थियो । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो। राष्ट्रपति भण्डारी केही दिन पहिला पनि प्रधानमन्त्रीलाई भेट्न अस्पताल जानुभएको थियो । प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू