अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

फर्किजाऊ फर्किजाऊ

बिमला निरौला २०७६ मंसिर १८ गते ११:२४ मा प्रकाशित

गीत

फर्किजाऊ फर्किजाऊ फर्कीजाऊ है,
दुःख होला गोर्खेलीलाई नजगाऊ है !

पहिले लियौ सुन्दर टिष्टा पूर्वी नालापानी
अहिल्यै ताक्छौ लिपुले र हाम्रै कालापानी,
यो भूमि हो छिमेकीको भन्नि जानी जानी,
फेरी किन नक्सा भित्र हाल्यौ तानी तानी ??

छिमेकी हौ राम्रो गर दिन्छौँ सधैँ साथ,
थिचोमिचो गर्दा उठ्छ तिन करोड हात |

फर्की जाऊ जाऊ फर्की फर्की जाऊ है,
दुःख होला नेपाल सीमा नचलाऊ है !

गोर्खेली यी बहादुरलाई चिनेथ्यौ नि पहिले,
लोभी आँखा पापी मन किन यतै जहिल्यै ?
टेक्न दिन्नौ हाम्रो जमिन छुन दिन्नौ माटो,
फिर्ता गर पुराना ती हाम्रा बा का पाटो !

मित्रताको हात मिलाऊ सुधार ती भुल,
जवर्जस्ती गर्दा फुट्छ रगतको मूल !

फर्किजाउ फर्किजाउ फर्कीजाऊ है,
दुःख होला गोर्खेलीलाई नजगाऊ है !
दुःख होला नेपाल सीमा नचलाऊ है !!
दुःख होला जङ्गी पिलर नहाल्लाऊ है !!!