अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

जापान र उत्तर कोरियाको सम्बन्ध थप तनावपूर्ण

बिआरटीनेपाल २०७६ मंसिर १४ गते ९:०१ मा प्रकाशित

उत्तर कोरियाले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई ‘मन्दबुद्धि’ र ‘राजनीतिक कद नभएका नेता’को संज्ञा दिएको छ । उत्तरले आफ्नो पछिल्लो अस्त्र परीक्षणलाई आबेले गलतरूपमा प्रस्तुत गरेको भन्दै यस्तो आरोप लगाएको छ ।

उत्तरले गएको बिहीबार दक्षिण हाम्ग्योङ प्रान्तबाट दुई अज्ञात अस्त्र जापानको समुद्रतर्फ प्रहार गरेको थियो । त्यसलगत्तै जापानी प्रधानमन्त्री आबेले उत्तरको निरन्तर ‘ब्यालेस्टिक’ परीक्षण आफ्नो देशका लागिमात्र नभइ अन्तर्रा्ष्ट्रिय समुदायका लागि पनि गम्भीर चुनौती भएको टिप्पणी गर्नुभएको थियो ।

तर, उत्तर कोरियाले एकैचोटि एउटाभन्दा बढी रकेट प्रहार गर्नसक्ने ‘रकेट लन्चर’ परीक्षण गरेको दाबी गरेको थियो । उत्तर कोरियाको सरकारी सन्चारमाध्यमले निकट भविष्यमै जापानले वास्तविक ब्यालेष्टिक क्षेप्यास्त्र देख्न पाउने उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियालाई ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर, उत्तरले प्रतिबन्ध उल्लंघन गर्दै आएको छ । जापानी प्रधानमन्त्री आबेले विनाशर्त उत्तर कोरियाली नेता किमसँग वार्ता गर्न तयार रहेको बताएपनि प्योङयाङले सकारात्मक जवाफ दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू