अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

कञ्चनपुरको पुनर्वास ३ को वडा अध्यक्षमा नेकपाका तामाङ विजयी

बिआरटीनेपाल २०७६ मंसिर १४ गते ८:२७ मा प्रकाशित

कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ बिजयी हुनुभएको छ । ५ सय २८ मत प्राप्त गरि उहाँ विजयी हुनुभएको हो । नेपाली कांग्रेसबाट दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गर्नुभएको छ ।

निर्वाचनमा समाजवादी पाटीबाट भीमबहादुर पाख्रिनले ७५, राप्रपाका पदमबहादुर शाहीले ७ मत प्राप्त गर्नुभयो । निर्वाचनमा ४ मत बदर भएको छ । १ हजार ९ सय ९९ मतदाता रहेकोमा ९ सय २४ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू