अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

अष्ट्रेलियामा नेपाली युवतीद्धारा आफ्नै श्रीमानको हत्या

बिआरटीनेपाल २०७६ मंसिर १० गते २:१३ मा प्रकाशित

अष्ट्रेलियामा बसोवास गर्दै आएकी एक नेपाली युवतीले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । ३४ बर्षीय नुमा गौतमले सोही उमेरका श्रीमान सन्तोष गौतम को हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको थियो । समाचारमा जनाईए अनुसार वेस्टमेड अस्पतालमा भर्ना गराईएका उनको उपचारका क्रममा ज्यान गएको हो । समाचार एजेन्सीहरुको रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेकी थिइन् । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।

नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारपछि ग्रान्डभिल पुलिस स्टेशन पुर्याइएको छ । घटनाको केही घन्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देखिएको प्रहरीले जनाएको छ । परिवार र आफन्तले जनाएअनुसार गौतम परिवार केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित रहेका थिए । अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर उनीहरु चिन्तित भएको रिपोर्टमा उल्लेख छ ।

स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने प्रतिवद्धता जनाएको छ । समाचार पत्रिका डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए । उक्त संघले आइतबार आयोजना हुने लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू