अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

गीत

कृष्ण कुसुम २०७६ मंसिर ९ गते १६:५९ मा प्रकाशित


बिहानीको झुल्के घामको लाली बन्न सकूँ
तिमी फुल्ने बगैँचाको माली बन्न सकूँ

सिंगों जीवन तिम्रो लागि सुम्पिदिन सक्छु
वसन्तको बहार छोडी शिशिर लिन सक्छु
तिम्रा हरेक दुख सुख मेरै भन्न सकूँ
तिमी फुल्ने बगैँचाको माली बन्न सकूँ

छायाँ बनि हिँड्न पाउँ तिम्रै वरिपरि
एक, अर्काको साथ बाचौं यो जिन्दगी भरि

तिम्रै रंग तिम्रै सुवास भरी रम्न सकूँ
तिमी फूल्ने ..

प्रतिक्रिया