अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

गजल – कृष्ण कुसुम

कृष्ण कुसुम २०७५ माघ २० गते ९:१८ मा प्रकाशित

धेरै कुरा लुकाएर, थोरै सुना’को छु
भित्र भित्रै गुम्सिएर , बाहिर रमा’को छु

कैले कॉंही दुई थोपा , ऑंशु अटाउँदैन
यी ऑंखामा जहॉं सिङ्गो, संसार अटा’को छु

देश छोडी गइस् भन्छन् – भगौडा होस तँ !
खुन बेची कमा’ पैसा , उतै पठा’को छु

देश भन्नु माटो मात्र , पनि हैन हजुर
यो छातीमा देशको नक्सा, मैले सजा’को छु

भुल्या छैन यो जिब्रोले, त्यो नेपाली स्वाद
गॉंउबाट सातु, खट्टे, गुन्द्रुक मगा’को छु

प्रतिक्रिया