अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

एनआरएनए चीनमा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ मंसिर ९ गते ११:४५ मा प्रकाशित

चीनको औधौगीक सहर गोन्जाउमा रहेका नेपालीहरूले रक्तदान गरेका छन्।नेपालीहरूले औपचारिक रूपमा पहिलो पटक यति ठुलो परिमाणमा रक्तदान गरेका हुन, गोन्जाउ स्थित नेपाली महावाणिज्य दूतावास र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए, चीन) मिलेर नेपाल भ्रमण वर्षको प्रचार प्रसारसँगै रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। कूल ८८ जना रक्तदातामध्ये ७६ जना नेपाली र बाँकी अन्य विदेशी पनि रक्तदानमा सहभागी भए। एनआरएनए चीनकी उपाध्यक्ष तथा यस रक्तदान कार्यक्रमकी संयोजक श्रीमती खुश्बु अग्रवालको अनुसार चीनमा व्यवसाय गर्ने व्यापारी, साउथ चाइना युनिभर्सिटी, गोन्जाउ नानफाङ युनिभर्सिटी र सन यात्सेन युनिभर्सिटी लगायतका विद्यार्थीहरू र केही विदेशी साथीहरूले समेत यस रक्तदानमा भाग लिएका थिए।

गोन्जाउ स्थित ब्लड बैङ्क सेन्टरले ३१ हजार ६ सय एमएल रगत सङ्कलन गरेको थियो।चीनमा एनआरएनए चीनले धेरै पहिला देखिनै धेरै नेपालीहरूको कर्मभूमि तथा एक असल छिमेकी देश चीनमा रक्तदान कार्यक्रम गर्ने सोच बनाएको तर आज मात्र यस पवित्र कार्य गर्न साइत जुरेको,’ खुश्बु अग्रवालले सुनाउनु भयो ।

यस कार्यक्रम एनआरएनए चीनका तर्फबाट केन्द्रीय सदस्य ( आइसिसी) नवीन बिक, भूतपूर्व अध्यक्षहरू शङ्कर ज्ञवाली, बलराम पराजुली, भूतपूर्व उपाध्यक्ष रोहित अग्रवाल , अध्यक्ष प्रदीप निउरे, अर्का उपाध्याय सुशील बेल बासे, महासचिव ओम ज्ञवाली ,सचिव तीर्थ पौड्याल ,महिला संयोजक सबिता बर्तौला लगाए अन्य कार्यकारी सदस्यहरूको पनि बाक्लो उपस्थिति थियो भने नेपाली बाणिज्यदुताबासको तर्फबाट वाणिज्य शाखाका उप सचिव श्री शरद ढुङ्गानाको उपस्थिति थियो ।

चीनमा यसरी रक्तदान कार्यक्रमको संयोजकत्व गर्न पाउँदा अगाध ख़ुशी र सन्तुष्टि मिलेको र भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न हौसला मिलेको कुरा उपाध्यक्ष तथा यस कार्यक्रमकी संयोजक श्रीमती खुश्बु अग्रवालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू