अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

फूलको गुच्छा लिएर आइन

राकेश कार्की २०७६ मंसिर ६ गते ८:२२ मा प्रकाशित

गीत

फूलको गुच्छा लिएर आइन
गरगहना किन्न गइन
तिमीलाई भेट्न यति आतुर भएँ
मुटु भरी माया बोकेर आएँ

वसन्तको मौसम हैन
पूर्णिमाको जून पनि छैन
तिमीलाई भेट्न यति आतुर भएँ
दिनरात ऋतु रोकेर आएँ
मुटु भरी माया बोकेर आएँ

चाड-वाडको बेला छइन
तिम्रो जन्मदिन पनि होइन
तिमीलाई भेट्न यति आतुर भएँ
त्यो याद पर्खाइ रोकेर आएँ
मुटु भरी माया बोकेर आएँ

फूलको गुच्छा लिएर आइन
गरगहना किन्न गइन
तिमीलाई भेट्न यति आतुर भएँ
मुटु भरी माया बोकेर आएँ