अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

गजल

आचार्य प्रभा २०७६ मंसिर ६ गते ८:१८ मा प्रकाशित

आज मलाई यस्तो कथा लेख्न मन छ
दुख, व्यथालाई शब्दले छेक्न मन छ ।

जनताको मर्मलाई सम्झेर ल्याउँदा
व्यभिचारीहरूको घाँटी रेट्न मन छ ।

गर्नु नि अत्ति गरे अन्याय छिमेकीले
हेपाहाहरूको छाती नै छेड्न मन छ ।

झुटो आश्वासन दिएरै शासन गरे
शासकलाई उसरी नै हेप्न मन छ ।

कस्तो गरी खेले भ्रष्टले कुर्सीको खेल ?
भ्रष्टको रगतको होली खेल्न मन छ ।