अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

चिलीमा नयाँ संविधानका लागि जनमतसंग्रहको घोषणा

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:५० मा प्रकाशित

चिलीमा नयाँ संविधान निर्माणका लागि जनमतसंग्रह हुने भएको छ । चिलीमा नयाँ संविधान र यसमार्फत् राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले नयाँ संविधान लेखनका लागि जनमतसंग्रह गर्ने घोषणा गरेको हो ।

त्यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो । चिलीका पूर्वशासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमतसंग्रहको माग प्रदर्शनकारीहरुले गरिरहेका छन् ।

सरकारको वार्ता टोली र विपक्षी दलहरुका प्रतिनिधिहरुबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमतसंग्रह गर्ने विषयमा सहमति भएको जनाइएको छ । चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू