अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

बोलिभियाका निर्वासित नेता मोरालेस स्वदेश फर्कनसक्ने

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:१३ मा प्रकाशित

बोलिभियाका निर्वासित राष्ट्रपतिले स्वदेश फर्कन सक्ने संकेत गर्नुभएको छ । गत आइतबार राजीनामा दिँदै शरण खोज्दै मेक्सिको पुग्नुभएका मोरालेसले छिट्टै स्वदेश फर्कनसक्ने बताउनुभएको हो ।

मेक्सिको सिटीमा पत्रकार सम्मेलनको क्रममा मोरालेसले जनताको चाहना भए ढिलो वा चाँडोे स्वदेश फर्कने बताउनुभएको हो । बोलिभियामा राष्ट्रपतीय चुनाव धाँधलीपूर्ण भएको भन्दै सुरु भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नवनिर्वाचित राष्ट्रपति इबो मोरालेस राजीनामा दिएर मेक्सिको पुग्नुभएको थियो ।

अहिले अन्तरिम राष्ट्रपतिको कार्यभार सम्हालिरहेका निवर्तमान उपराष्ट्रपति जीनाइन अनेजले पूर्वराष्ट्रपति इबो मोरालेसविरुद्ध ‘सैनिक कू’ भएको कुरा ईन्कार गर्नुभएको छ । मोरालेसमाथि ‘सैनिक कू’ भएको टिप्पणी भइरहँदा उहाँले यस्तो आरोपको इन्कार गर्नुभएको हो । अनेजले अन्तरिम सकारले छिटो चुनाव गराउने पक्षमा आफू रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू