अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

बोलिभियामा विपक्षी सिनेटरद्धारा आफैलाई राष्ट्रपति घोषणा, संसदमा हंगामा

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:१० मा प्रकाशित

बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएको छ । निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध प्रदर्शन भएपछि राष्ट्रपति इभो मोरालेजले गएको आइतबार राजीनामा दिनुभएको थियो । विपक्षी सिनेटरले आफूलाई राष्ट्रपति घोषणा गर्न आयोजित सिनेटको बैठक मोरालेजको पार्टीका विधायकहरुले बहिस्कार गरेको बीबीसीले जनाएको छ ।

तर, ती सिनेटरले आफू संविधानअनुसार राष्ट्रपतिको दावेदार भएको जनाउँदै चाँडै निर्वाचन गराउने बताएका थिए । सो घोषणालाई पूर्व राष्ट्रपति मोरालेजले भने आलोचना गर्नुभएको छ । आफ्नो जीवन असुरक्षित भएको भन्दै मोरालेज मेक्सिको तर्फ जानुभएको छ । उहाँले शरण मागेपछि मेक्सिकोले शरण दिएको थियो । मोरालेजले गत आइतबार राष्ट्रपति पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू