अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:०८ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्राप्त समाचारनुसार, बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू